एमालेको पालिकास्तरमा आज अधिवेशन हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमालेको पालिकास्तरमा आज अधिवेशन हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेले आज देशभरका स्थानीय पालिकास्तरका कमिटीको अधिवेशन गर्दैछ। पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो। विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ।

अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरिएकामा अधिकांश वडामा सम्पन्न भएको छ भने बाढी(पहिरो प्रभावित केही स्थानमा स्थगन भएको छ। पार्टीको नयाँ विधानबमोजिम गाउँरनगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका १०१ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औं महाधिवेशन चितवनमा हुनेछ।