लुम्बिनीमा नेकपा एसको कार्यंविभाजन, मंसीरमा प्रदेशस्तरीय वृहत कार्यक्रम गर्ने

लुम्बिनीमा नेकपा एसको कार्यंविभाजन, मंसीरमा प्रदेशस्तरीय वृहत कार्यक्रम गर्ने

लुम्बिनी । नेकपा एकिकृत समाजवादी (एस) लुम्बिनीले पार्टीका केन्द्रीय सदस्य एव्ं सदस्यहरुको कार्यविभाजन गरेको छ । केन्द्रीय सचिव एंव लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीको प्रमुख आतिथ्यतामा सोमबार बुटवलमा बसेको प्रदेश सचिवालयको बैठकले लुम्बिनी प्रदेशमा नेताहरुको कार्यविभाजन गरेको हो । 

बैठकले पार्टीका केन्द्रीय सदस्य एवं रुपन्दही इन्चार्ज डा. बालकृष्ण्ण चापागाई प्रचार विभाग प्रमुख, केन्द्रीय सदस्य बृहस्पती अधिकारी स्कूल विभाग प्रमुख, नेता अशोक कोईरालाई संगठन विभाग प्रमुख, प्रदेश सचिव राजु गुरुङ आर्थिक विभाग प्रमुख र सिद्धिचरण भट्टराईलाई प्रदेश कार्यालय सचिवको जिम्मेवारी तोकेको छ ।

त्यस्तै बैठकले प्रदेश कमिटीलाई १ सय ६१ सदस्यी बनाउने निर्णय पनि गरेको छ । आज बसेको बैठकले आगामी कात्तिक मसान्तभित्र पार्टीको जनवर्गीय संगठन गठन गर्ने निर्णय गर्दै संगठन निर्माणलाई तीव्रता दिने निर्णाय पनि गरेकाे छ । 

कात्तिक मसान्तभित्र जनवर्गीय संगठन निर्माण, लगत्तै मंसिर ३ देखि १६ गतेसम्म लुम्बिनीका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

त्यस्तै २५ गते अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा प्रदेशस्तरीय बृहत प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए ।