काठमाडौ । बेमौसमी वर्षासँगै देशभर आएको बाढीपहिरो र डुबानका कारण धान बालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ ।
सिंहदरवारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगीमी ३ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गृहमन्त्रालयका सचिवको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग बाणिज्य मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य मन्त्रालयका सचिव र राष्ट्रिय योजनाका सचिव सदस्य रहेका छन् ।