मिल्नुकाे विकल्प छैन, हेप्न बन्द गर्नुपर्छः प्रचण्ड

मिल्नुकाे विकल्प छैन, हेप्न बन्द गर्नुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको व्याप्त सीमा सुरुक्षा संवादका माध्यमबाट सामधान गर्न सकिने बताएका छन् ।
 
छिमेकी मुलुक भारतसँग नेपालीले जहिल्यै सौहार्द व्यवहार गरेको भन्दै बरु भारतले नै नेपालीको आन्तरिक इन्ट्रेसमा हस्तक्षेप गरेका कारण यो विवाद भएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले भारतले पनि नेपालमाथिको हस्तक्षेप रोकेर नेपालको इन्टनल विषयमा हावी हुन बन्द गरे नेपाल भारतबीचको सम्बन्ध सुमधुन हुनसक्ने धारणा व्यक्त गरे । 

सोमबार नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्‍याए भारतसँग मित्रतापनि हुनसक्ने धारणा व्यक्त गरे । उनले संवादको माध्यमबाट उदार मन लिएर सीमा विवाद समाधान गर्न सकिने उल्लेख गरे । उनले छिमेकी मुलुक भएका कारण पनि दुई देश मिल्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान सभामा ‘नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो’ भन्दा ताली पाएको कुरालाई उल्लेख गर्दै ‘ नेपाल सार्वभौमसत्ता सम्पन्न नेपाली राष्ट्र थियो, र यो हुनेछ । यहाँ ताली बजाउनुपर्ने म देख्दिन ।’ बुद्ध नेपालमा जन्मिएकोमा हामी खुशी भएझै बुद्धत्व भारतमा पाएका हुन भन्दा पनि खुशी हुनुपर्ने बताए ।