पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. घिमिरे नियुक्त

पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा डा.घिमिरेलाई नियुक्त गरेको हो ।

बैठकले अध्यक्षमा घिमिरेसहित कम्पनीको सदस्यमा मदन पोखरेललाई पनि नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । 

पुनर्बीमा कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत शेयर स्वामित्व रहेको छ।

पोखरा विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. घिमिरे बीमा विषयका विज्ञ हुन् । उनले बनारसको हिन्दु विश्वविद्यालयबाट बीमा तथा जोखिम व्यवस्थापनमा विद्यावारिधी गरेका छन् ।