काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जनामा कोरोना भाइरस ‘कोभिड १९’ संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षणमा ६ सय ७३ र २ हजार ५ सय ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।