ओली र सिटौलाबीच विमानस्थलमा जम्काभेट, के भयो कुराकानी ?

ओली र सिटौलाबीच विमानस्थलमा जम्काभेट, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  कांग्रेस नेता कृष्ण सिटौलाबीच आइतबार बिहान त्रिभुवन विमानस्थलमा जम्काभेट भएको छ। दुवैजना नेता गृहजिल्ला झापा जाने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलस्थित अतिविशिष्ठ कक्षामा जम्काभेट भएको हो। 

ओलीले सिटौलालाई कांग्रेसको खबर सोधेका थिए। भेट हुनेबित्तिकै अध्यक्ष ओलीले सिटौलालाई सोधे, ‘कांग्रेसको खबर के छ ?’ 

दुईजना नेताबीच एमालेको वडा अधिवेशनलगायत विषयमा कुराकानी अधिकारीले बताएका छन्। झापा जाने क्रममा नेता सिटौला ओलीभन्दा पहिले विमानस्थल पुगेका थिएओ। ओली नेताहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र प्रभु साहसहितलाई लिएर झापा यात्रामा निस्किएका छन्।