बोलिमा विकास गरिले प्रवृत्तिले व्यवहारमा हुन सकेन : मन्त्री झाँक्री

बोलिमा विकास गरिले प्रवृत्तिले व्यवहारमा हुन सकेन : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्ति आडमा बोलिको भरमा विकास भन्ने परम्पराले विकासलाई नै धक्का पुगेको बताएकी छिन् । 

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका सचिवसमेत रहेकी झाँक्रलिे विकासका योजनाबिना अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले जीवनस्तरमा पार्ने फरकपनका बारेमा ध्यान नपुगेको उल्लेख गरेकी छिन् ।

उनले बोलीका भरमा हुने विकासले व्यवहार नहुने भन्दै त्यसैले नै विकासमा पछाडि परेको बताएकी छिन् । उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताएकी छिन् ।

आगामी दिनहरुमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेटको विनियोजन गर्ने र समयमै योजना पूरा भए त्यसको लाभांश छिट्टै नागरिक पाउने अवस्था सिर्जना गर्नेतर्फ आफूले लागेको बताईन् । 

भइरहेको पार्टीबाट विद्रोह गरी अघि बढेकी नेता झाँक्रलिे पार्टीमा लामबद्ध भएकालाई आफूहरूले तय गरेको यात्रामा साथ दिन आग्रह समेत गरेकी छिन् ।