एकीकृत समाजवादीद्वारा  ७३ जिल्ला कमिटी गठन

एकीकृत समाजवादीद्वारा  ७३ जिल्ला कमिटी गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ७३ जिल्ला कमिटी गठन गरेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको पार्टीले केन्द्रीय कमिटीलाई पूर्णता दिने काम सकाएकाे हेा ।

हाललाई वर्षा बाढी पहिरोका कारण कमिटी गठन कार्य स्थगित भएपनि देशव्यापी तथा  विदेशमा समेत किमटी गठनकाे प्रक्रियामा अगाडि बढेकाे छ । 

पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले एक विज्ञिप्त जारी गर्दै सो जानकारी दिएका हुन् । एकीकृत समाजवादीले चारवटा गैरभौगोलिक जिल्ला कमिटी गठन गरेका समेत विज्ञप्तिमा उल्लेख छ । पार्टी निर्माणका पक्षमा देशव्यापी हजारौं युवा, विद्यार्थी कार्यकर्ताको स्वःस्फूर्त रुपमा सहभागिता जनाएको पनि विज्ञप्तिमा उल्लेख छ । 

सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया रहेको छ । त्यस्तै विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्च तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवास कमिटी गठन भइरहेको छ । 

प्रदेश १ र वाग्मती प्रदेश सरकारको आगामी नेतृत्व पार्टीले गर्ने सहमति ५ दलीय गठबन्धनको बैठकले गरिसकेको जनाइएको छ । सम्पूर्ण प्रदेश तथा प्रदेशस्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन् । 

केन्द्रीय आयोग र निकायहरु गठन भइसकेका तथा केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन् । ती विभागहरुलाई पूर्णता दिने काम पनि अन्तिम चरणमा पुगेको छ ।

सबै जनसंगठन, पेशागत तथा सामुदायिक संगठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी छन् ।