कोरोना अपडेटः ५४५ नयाँ संक्रमित थपिए, ७२६ जना संक्रमणमुक्त

कोरोना अपडेटः ५४५ नयाँ संक्रमित थपिए, ७२६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ५ सय ४९ जनाको परीक्षण गर्दा ५ सय ४५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। 

सोही समयमा ७ सय २६ जना संक्रमण मुक्त भएका छन् । २४ घण्टामा संक्रमण भएकामध्ये ८ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर कोरोना संक्रमण भएका ११ हजार ३ सय २६ जनाको मृत्यु भइसकेको छ।


हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ३ सय १५ रहेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ६८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।