बागमती प्रदेशमा कांग्रेस र एसको आधा–आधा कार्यकाल मुख्यमन्त्री

बागमती प्रदेशमा कांग्रेस र एसको आधा–आधा कार्यकाल मुख्यमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भएको छ । आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो । 

बुधबार साँझ बसेको  गठबन्धनका शीर्ष नेताहरुको छलफलमा यस्तो सहमति भएको हो । 

सहमति अनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले र अर्काे आधा काँग्रेसका इन्द्र बानियाँले सरकारको नेतृत्व गर्ने छन् । 

पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले जानकारी दिए ।