भ्रष्टाचार र कुशासनका विरुद्ध सदैव काम गर्नेछुः मन्त्री झाँक्री

भ्रष्टाचार र कुशासनका विरुद्ध सदैव काम गर्नेछुः मन्त्री झाँक्री

पाल्पा । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भ्रष्टाचार र कुशासनका विरुद्ध सदैव काम गर्ने प्रतिवद्धता जनाएकी छिन् । 

सोमबार पाल्पाको तानसेनमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री झाँक्रीले गलत प्रवृत्ति र व्यवहारको पहिलेदेखि नै विरोध गर्दै आएको जनाउँदै अब आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताएकी छिन् । उनले आफू मन्त्री हुन्जेल विकास र सुशासनका लागि इमानदार तरिकाले पहलकदमी लिने उनले स्पष्ट पारिन् । वर्तमान सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने बताइन् । 

उनले विगतमा केपी ओलीको सरकारले पनि भ्रष्टाचारको विरुद्ध लड्ने भनिरहँदा ओलीले त्यो व्यवहारमा लागु नगरेको टिप्पणी गरिन् । उनले ओलीकै एकलौटीका कारण एमालेमा विद्रोह गर्नुपरेको समेत उल्लेख गरिन् । 

ओली सरकार हुँदा अरुले भन्दा बढी ओलीले नै जनताको पक्षमा काम गर्ने मौका पाएको तर त्यसलाई वेवास्ता गर्दै ओलीले पार्टी र विधि विधानमा समेत एकलौटी गर्न थालेपछि  सुशासनको सट्टा कुशासन निम्तिएको र त्यसैबाट एमालेमा विद्रोह सुरु भएको उल्लेख गरिन् ।

ओलीकै कारण अहिले नयाँ पार्टी स्थापना गर्नुपरेको बताईन् । नेकपा एमाले अब भत्किने प्रक्रियामा अघि बढेको पनि टिप्पणी गरिन् । ओलीतिर इंगित गर्दैै हावा गफल गरेर पार्टी र मुलुक नहाकिने भन्दै जवाफदेहिताता अत्यावश्यक रहेको तर ओलीमा त्यो नरहेको समेत जिकिर गरिन् ।