बराबरीका बाबजुत पनि बार्सिलोना शीर्ष स्थानमा कायमै

बराबरीका बाबजुत पनि बार्सिलोना शीर्ष स्थानमा कायमै

एजेन्सी : स्पानिस ला लिगाअन्तर्गत गएराति १९ औं चरणका खेलहरु भएका छन् । जस अन्तर्गत चार खेलहरु भएको थियो । जसमा रियल मड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सियाले जित हात पार्दा बार्सिलोना बराबरीमा रोकिएको थियो ।

गएरातिका खेलहरु सुरु हुनुभन्दा अघि बार्सिलोना ३९ अंकसहित शीर्ष स्थानमा र रियल ३७ अंकसहित दोस्रो स्थानमा थिए । गएरातिका खेलहरु सकिए पछि  रियलल र बार्सिलोनाको समान ४० अंक भएको छ । स्पानयोलसँग बराबरीमा रोकिए पनि बार्सिलोना शीर्ष स्थानमा कायमनै रहेको छ । रियलले गेटाफेलाई ३-० ले पराजित गर्दा पनि रियलले बार्सिलोनालाई उछिनेर शीर्ष स्थानमा धेरै बेर तिक्न सकेन । बार्सिलोना गोलअन्तरका अधारमा पृ्र्ण शीर्ष स्थानमा कमयमनै छ ।

स्पानयोलको घरेलु मैदानमा भएको खेलमा २३औं मिनेटमा डेविड लोपेझको गोलबाट स्पानयोलले १-० को अग्रता लिएको थियो । पहिलो हाफमा स्पानयोलले बार्सिलोना माथि आफनो अग्रता जोगाउन सफल भएको थियो । दोस्रो हाफमा बार्सिलोना खेलमा पर्कियो बार्सिलोनाले ५० औं मिनेटमा लुइस सुअरेज र ५९औं मिनेटमा अर्टुरो भिदालले गोलबाट स्पानयोल माथि २-१ को अग्रता बनायो तर ७५ औं मिनेटमा फ्रेन्की डे जोङ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दश खेलाडीमा सिमित भयो र त्यसैको फाइदामा स्पानयोल उठाउदै ८८औं मिनेटमा चिनिया खेलाडी वु लोइले गोल गर्दै खेल बराबरी गरे ।

यस्तै बाकि खेलहरुमा खेलहरुमा रियल मड्रिडले गेटाफे माथि ३-० को सहज जित निकालो, एट्लेटिको मड्रिडले लेभानेटेलाई २-१ ले पराजित गरो र भ्यालेन्सियाले ईबार माथी १-० को झिनो जित निकालो ।