कोरोना अपडेटः ५ सय ९६ नयाँ संक्रमित थपिए, १० को मृत्यु

कोरोना अपडेटः ५ सय ९६ नयाँ संक्रमित थपिए, १० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस ‘कोभिड–१९’ ५ सय ९६ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ४०४ जनाको नमूना परीक्षणमा गर्दा ५९६ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

९ हजार २३७ नमूनाको पीसीआर र ३ हजार १६७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ५६५ र १३ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेकोछ । 
त्यस्तै सोही समयमा ८ सय ७१ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा अझै कोरोनाका सक्रिय संक्रमितको संख्या १५०२४ छ । जसमध्ये  ३२२ जनाको भेन्टिलेटरमा र ११३ जनाको आइसीयूमा उपचार मन्त्रालयले जनाएको छ ।