एलपी ग्यास हटाई विद्युतीय चुल्हो प्रयोगमा ल्याउने गरी संरचना निर्माण गरौंः उर्जामन्त्री भुसाल

एलपी ग्यास हटाई विद्युतीय चुल्हो प्रयोगमा ल्याउने गरी संरचना निर्माण गरौंः उर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैको घर–घरमा  एलपी ग्यासलाई हटाई विद्युतीय चुल्हो निर्माण गर्ने गरी संरचना निर्माण गर्न अपिल गरेकी छिन् । 

ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भुसाालले अब नेपालीहरुले सम्पूर्ण घरेलु प्रायोजनका कामहरु विद्युतबाट गर्न मिल्ने गरी संरचना निर्माण गर्दै जानुपर्ने बताइन् । उनले भनिन्, “एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौँ । डलर साटेर आइसीले खरिद गरेको ग्यास विस्तापित गरौँ ।”

यसअघि लोडसेडिङका समयमा सबैभन्दा विद्युत कम खपत हुने किसिमको संरचना बनाइएको भएपनि अब विद्युतलाई जति सक्दो बढी खपत हुने गरी काम गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

नले बत्तीमात्र बाल्नका लागि बनाइएका संरचनामापनि अब सबैखाले उपकरण विद्युत्बाट चलाउन नसक्ने भएपनि कमित्मा विद्युत्को चुल्हो बाल्ने गरी संरचना निर्माण गरिनुपर्ने बताइन् । कम्तिमा एलपी ग्यासको खपत कम गरी आफ्नै देशको जलविद्युत्को अधिकतम प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् । सामाजिक र आर्थिक रुपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने भन्दै सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युतको प्रयोगमा जोड दिनुपर्ने बताईन् ।