रामकुमारी झाँक्रीलाई कमेडी च्याम्पियन हिमेश पन्तले भनेः ‘हाम्रो नगर तपाइमाथि रहीरहन्छ, काम गरेर देखाउनुहोस्’

रामकुमारी झाँक्रीलाई कमेडी च्याम्पियन हिमेश पन्तले भनेः ‘हाम्रो नगर तपाइमाथि रहीरहन्छ, काम गरेर देखाउनुहोस्’

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी युवा रामकुमारी झाँक्री सहरी विकासमन्त्रीमा नियुक्त भएकी छन् । उनी मन्त्री भएसँगै सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ ।

धेरैले उनलाई बधाई तथा शुभकामना दिएका छन्, भने राम्रो काम गरेर देखाउन पनि सुझाव दिएका छन् । झाँक्रीलाई अब बोल्नेभन्दा काम गरेर देखाउन चुनौतिसहितका सुझाव आएका छन् । त्यस्तै मध्येका एक हुन् कमेडी च्याम्पियन हिमेश पन्त । उनले पनि सामाजिक सञ्जालमार्फत युवा मन्त्री झाँक्रीलाई सुझाव दिएका छन् । 

हिमेशले लेखेका छन्, ‘‘मुखमा पट्टी बाँधेर बोल्न पाइन्छ भन्ने दिन गए, काम गर्ने दिन आए, गरेर देखाउनु होला । युवा नेतृ भएकै कारण हाम्रो नजर तपाईं माथि रहिरहन्छ ।’

उनै झाँक्री हुन् जसले तत्कालिन नेकपामा रहँदा मुखमा पट्टी बाँधेर बोल्न पाइने भन्दै आन्दोलनमा भाषण दिएकी थिइन् । विद्यार्थीमा हुँदा आन्दोलनको नेतृत्व गरेर सडक आन्दोलन चर्काएकी थिइन् । उनी पहिलोपटक मन्त्री बनेकी हुन् ।