सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु

 काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि सत्तारुढ दलका नेताहरुबीच मन्त्रालय भागवण्डाको सहमति भएको थियो । सोही सहमतिलाई अन्तिम रुप दिन अहिले बैठक सुरु भएको सचिवालयले जनाएको छ । 

मन्त्रिपरिषदमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले ४–४ मन्त्रालय लिने सहमति भएको थियो । 

त्यस्तै कांग्रेस, माओवादी र एकीकृत समाजवादीले भने एक–एक राज्यमन्त्री पनि पाउनेछन् ।