नेप्से २६ सयबाट पनि तल झर्‍यो

नेप्से २६ सयबाट पनि तल झर्‍यो

काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्जका नेप्से ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा बन्द भएको छ । 

त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ११.०७ अंकले घटेको छ । 

आज दिनभरिमा २३२ कम्पनीको ८९ लाख बढी कित्ता सेयर बिक्री भएको छ। आज अर्ब ११ करोड ३८ लाखको कारोबार भएको हो । आज १३ वटै उपसूचक राताम्य छन् ।  

आज लगानीकर्ताले ९.१९ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन् ।