काठमाडौं । सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रा.सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव) मा बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को निर्णयबारे जानकारी दिएका हुन् ।
त्यसबाहे आजको बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्विकृत दिने निर्णय गरेको छ । त्यस्तै सरकारले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्विकृत दिने निर्णय गरेको छ ।