काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोही अवधिमा ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज एकै दिन १२ जनाले कोरोना भाइरसका कारण मृत्यु हुन पुगेको छ । योसँगै हालसम्म ११ हजार १३५ जनाको मृत्यु भएको छ ।
हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् । हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् । त्यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन् ।