सभामुख सापकोटाविरुद्धको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

सभामुख सापकोटाविरुद्धको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको गरेको अभियोग छ ।

द्वन्द्वकालीन मुद्दा भएको हुँदा यो मुद्दाको टुंगो सोहीअनुसार लाग्नुपर्ने माओवादी तर्क रहेको छ । आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।