काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि आरोलो लागेको छ । लगातार गिरावट आएकाे सेयर बजारमा आज ७० अंकले घटेकाे छ । आज नेप्से परिसूचक २६१५ मा पुगेर बन्द भएको छ । यसअघि सोमबार ७३ अंकले घटेको थियो भने साताको पहिलो दिन आइतबार ६१ अंकले घटेको थियो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको छ ।
त्यस्तै आज कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ५ अर्ब १२ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँको कारोबार भएको छ । आज सबै समूहहरु घटेका छन् ।
बैंकिङ ३६, विकास बैंक १५४, फाइनान्स १७५, होटल तथा पर्यटन २४, जलविद्युत १३८, लगानी ३, जीवन बीमा ४३१, उत्पादन ८९, माइक्रोफाइनान्स १११, निर्जीवन बीमा ३२५, अन्य ३१ र ब्यापार समूह ७९ अंकले घटेका छन्।
१० कम्पनीको मूल्य भने बढेको छ भने १७३ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ३ वटा कम्पनीको मूल्य आज स्थिर रह्यो।