सागको १४ औं संस्करणका पाकिस्तानमा गर्न प्रस्ताव

सागको १४ औं संस्करणका पाकिस्तानमा गर्न प्रस्ताव

काठमाडौं : दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ । नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलको बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो ।‘साग आयोजनाको पालो अब पाकिस्तानको रहेको छ ।

विधानअनुसार पाकिस्तानलाई पत्र पठाउने जानकारी दिँदै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले १३ औं सागअघि पाकिस्तानको प्रतिक्रिया हर्ने र त्यसपछि त्यहाँको अवस्था हेरेर गर्न नसक्ने हो भने आयोजक परिवर्तन गर्न सकिने बताए ।

पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्समा संयुक्त हुनेछ । बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता रहेको थियो ।