काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि आरोलो लागेको छ । साताको पहिलो दिन आइतबारले ६१ अंकले गिरावट आएको नेप्सेमा सोमबार थप ७३ दशमलव ०५ अंकले घटेको हो ।
परिसूचक २६८५ दशमलव ४२ विन्दुमा परेर बन्द भएको हो । नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको छ । आज कारोवार पनि हिजोको तुलनामा घटेको छ । आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित बन्न पुग्यो ।
आज ३ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो । मनकामना स्मार्ट लघुवित्त, मैलुङखोला जलविद्युत र गोर्खाज फाइनान्स बाहेक सबै कम्पनीको मूल्य घटेका छन् ।
आज सबै समूहहरु राताम्मे भएका छन् । बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटेको हो । ।