प्रतिनिधिसभाको बैठक बिहीबारसम्म स्थगित

प्रतिनिधिसभाको बैठक बिहीबारसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । नयाँ बानेश्वरमा दिउँसो सवा २ बजे सुरु भएको बैठक केहीबेर मात्रै बसेर स्थगित बनेको हो ।

प्रतिनिधिसभा बैठक सुरु भएसँगै एमाले सांसदहरुले उठेर रोष्ट्रम अगाडि उभिँदै नाराबाजी गरेका थिए । त्यसका बाबजुद पनि सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए ।

त्यसपछि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए । एमाले सांसदको नाराबाजीबीच तीन वटा कार्यसूचीमा प्रवेश ग¥यो । त्यसपछि भने सभामुख सापकोटाले असोज १४ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् । 

भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध गर्दै आएको छ ।