काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ६१.२ अंकले घटेर परिसूचक २७५८.४८ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्सेमा जम्मा ६ अर्ब ५० करोड रुपैयाँको कारोवार भएको छ ।
आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेक सबै समूहहरु घटेका छन् । म्युचुअल फण्ड समुह ०.२१ प्रतिशतले बढेका बेला फाइनान्स समूह सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूह ४.३० प्रतिशतले घटेको छ ।
त्यस्तै बैंकिङ १८, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १३०, जलविद्युत १३५, फाइनान्स १५६, निर्जीवन बीमा ३५६, उत्पादन ११६, अन्य ४४, माइक्रोफाइनान्स १२०, जीवन बीमा ३७१ र लगानी समूह ३ अंकले घटेका हुन् ।
आज ८ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १७६ कम्पनीको मूल्य घटेको हो। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।