एनआरएनए अध्यक्षमा आचार्यले उम्मेदवारी दिने

एनआरएनए अध्यक्षमा आचार्यले उम्मेदवारी दिने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी दिने भएका छन् । काठमाडौमा आयोजित एक कार्यक्रमबीच उनले आसन्न दशौं महाधिवेशनका लागि  अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

केही साथीहरूले संस्थालाई व्यक्तिगत रूपमा चलाउन खोज्दा अहिले संस्थामा आर्थिक अनियमितता भएको भन्ने समाचारहरु आइरहेका बेला उनी त्यसमा कसैलाई दोष दिन नचाहेको बरु आफू नै संस्थाको नेतृत्व गर्ने गरी अघि बढेर त्यस्ता अनियमितताहरुको निवारण गर्ने उद्देश्य बोकेको बताए । उनले ​एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको बताए । 

पर्वतमा जन्मिएका आचार्य हाल बेलायत निवासी हुन् । उनी त्यहाँ व्यवसाय गर्दै आएका छन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए ।