एमालेले निर्वाचन आयोगमा आफ्नो नाम पठाएपछि वामदेवले दिए यस्तो प्रतिक्रिया

एमालेले निर्वाचन आयोगमा आफ्नो नाम पठाएपछि वामदेवले दिए यस्तो प्रतिक्रिया

नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले आफ्नो राजीनामा स्वीकृत हुनु र नहुनुले कुनै अर्थ नराख्ने बताएका छन् ।  एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो ।’ गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् ।

एमालेले  राजीनामा अस्वीकृत गरेर निर्वाचन आयोगमा पनि नाम पठाएपछि नेता गौतमले राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नरहेको बताए । वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमको विश्लेषण छ । 

नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए । तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन ।

त्यसो त गाैतमा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने चर्चा थियो । तर उक्त पार्टीले जवजलाई स्वीकार नगरेको वाहनामा वामदेव गौतम हाल निष्क्रिय छन् । एकीकृत समाजवादीमा कुरा नमिले नयाँ पार्टी दर्ता गर्न सक्ने गाैतम निकट स्रोत बताउँछ ।