किन पुगे पटक–पटक भारतीय दूतावासमा राजेन्द्र महतो ?

किन पुगे पटक–पटक भारतीय दूतावासमा राजेन्द्र महतो ?

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौंस्थित भारतीय दूतावास प्रवेश गरेका छन्।

उनी बुधबार दिउँसो १२:२५ मा लैनचोरस्थित भारतीय दूतावास प्रवेश गरेका श्रोतले जानकारी दियो।

यसअघि पटक–पटक भारतीय दूतावाससँग छलफल गरी सरकारमा प्रवेश गरेका महतो सर्वोच्चको आदेशले सरकारबाट बाहिरिएपछि फेरि भारतीय दूतावास छिरेका हुन्।

उपप्रधानमन्त्री बनेपछि बहुल राज्यसम्बन्धी अभिव्यक्तिका कारण महतो विवादास्पद बनेका थिए।