प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेड र आर्सनल बिच भिड्न्त

प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेड र आर्सनल बिच भिड्न्त

एजेन्सी : प्रिमियर लिग अन्तरगत आज नयाँ वर्षकै दिन इङलिस फृटबल ईतिहासका दुई ठुला क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल बिच खेल हुने भएको छ । जारी सिजनमा आर्सनलले २० वर्ष एताकै खराब प्रदर्शन गरेको छ भने युनाईटेडले पनि खासै राम्रो प्रदर्शन गर्न सकिरहेको र्छैन ।

लागातर दुई खेल जितदै युनाईटेड पाचैं स्थानमा उक्लिएको छ । १४ खेलमा एक खेल मात्र जितेको आर्सनल लिगको १२ स्थानमा झरेको छ । नेपाली समय अनुसार राती १स्४५ बजे देखी आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियम खेल सुरु हुने भनिएको छ । खेलमा दुबै टोलिलाई जितकै आवश्यकता छ । युनाईटेडले खेल हारेमा उसको  शिर्ष चारसंगको दुरी ८ अङ्कमा पुग्ने छ भने आर्सनलले खेलमा हार बेहोरेमा आर्सनल रेलिगेसन जोन नजिक पुग्ने छ ।