आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको मूल्य आज पुनः बढेको छ । हिजो प्रतितोला १ सय रुपियाँ घटेको सुनको मूल्य आज ४ सय रुपियाँ बढेको हो । त्यसैगरी हिजो प्रतितोला २० रुपियाँ घटेको चाँदीको मूल्य आज पनि प्रतितोला १० रुपियाँ घटेको छ ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य ९३ हजार २ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपियाँ निर्धारण गरिएको छ । 

हिजो भने छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपियाँ, तेजाबी सुन ९२ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा किनबेच भएको थियो ।