घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।