आज पनि बढ्यो सुनको मूल्य , कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य , कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । आइतबार नौ सय रुपैयाँले बढेको सुनको मूल्य आज तीन सयले बढेको छ । आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।

यता चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।