आज घट्यो सुनको मूल्‍य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्‍य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ३०० रुपैयाँले मूल्य घटेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । हिजोभन्दा तोलामा १० रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ ।