आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ।

आज चाँदीको मूल्य भने मंगलबार कै मुल्य प्रतितोला १३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।