आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन ९२ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । आज तेजाबी सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, आज चाँदी प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।