आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज ५ रूपैयाँले बढेर १३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।