स्कुल खोलेको भन्दै निजी विद्यालयका ११ जना प्रिन्सिपल पक्राउ

स्कुल खोलेको भन्दै निजी विद्यालयका ११ जना प्रिन्सिपल पक्राउ

सप्तरीबाट अनुगमन टोलीले ११ जना निजी विद्यालयका प्रिन्सिपल पक्राउ गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारी, राजविराज नगरपालिकाका मेयर, प्रहरी उपरीक्षकसहितको अनुगमन टोलीले ११ जनालाई पक्राउ गरेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। 

कोरोना भाइरसको महामारीको बेला सरकारको निर्णय अवज्ञा गरी स्कुल सञ्चालन गरेको पाइएपछि टोलीले उनीहरूलाई पक्राउ गरेको काफ्लेले बताए। 

पक्राउ पर्नेमा राजेशकुमार यादव, वैधनाथकुमार झा, बुलंद साह, शैलेन्द्रकुमार ठाकुर, हरिकिसुन राम, नरेन्द्रप्रसाद देव, उमाकान्त साह, रिमा झा, डा। कामन्त देव, मनोज यादव र नरेश साह छन्। 

उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। के कस्तो कारबाही अगाडि बढाउनेबारे परामर्श भइरहेको काफ्लेले बताए।