आर्सनल माथि चेल्सीको संघर्षपुर्ण जित

आर्सनल माथि चेल्सीको संघर्षपुर्ण जित

एजेन्सी : प्रिमियर लिग अन्तरगत भोलिदेखि २१ औँ चरणका खेल सुरु हुँदै छ । गए राति डार्बीमा भएको खेलमा आर्सनललाई २९१ गोल अन्तरले पराजित गर्दै चेल्सी विजयी बनेको छ । घरेलु मैदानमा भएको खेलमा सम्हालिएर प्रदर्शन गर्न नसक्दा आर्सनले पराजय भोग्नुपर्‍यो ।

पहिलो हाफको १३ औ मिनेटमा पिर्रे इमरीक ओउबामियाङको गोलबाट अग्रता लिएको आर्सनले आफ्नो अग्रता अन्तिम समयसम्म जोगाउन सकेन । खेलको ८३ मिनेटमा चेल्सीका जर्जिन्होले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

सुरुवातिदेखीनै आर्सनललाई दबाबमा राखेको चेल्सी कालागि खेलको ८७ ओ मिनेटमा गोल गरी २ ९१ को अग्रता बनाए । निर्धारित समयसम्म आर्सनलले जवाफी गोल फर्काउन नसकेपछि चेल्सीको जित पक्का भएको हो ।