पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।