बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय

कोरोनाको संक्रमण एकाएक बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने गरि एक हप्ता शैक्षिक संस्था बन्द गर्न उपमहानगरपालिकाले बिहीवार निर्णय गरेको हो । 

नेपालगञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बसेको बैठकले एक साताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन्। बाँकेमा बुधवार मात्रै एकैदिन १२३ जना नयाँ संक्रमित थपिएको जिल्ला फोकल पर्सन तेज वलीले जानकारी दिए।  

एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको उपमेयर थापाले जानकारी दिइन्। नेपालगञ्जका मेयर डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न  जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । 

बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ ।