काठमाडौं । पदमुक्त भएका चार जना मन्त्रीले आज पद तथा गोपनीयताको पुनः सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन्।
उनीहरूले पहिलेकै मन्त्रालयमा नियुक्त लिएका हुन्। जसअनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिएका हुन्।
भट्ट ३ फागुन २०७५ मा केपी शर्मा ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन्। रायमाझी, साह र चौधरी भने प्रनिनिधिसभा विघटनपछि १० पुसमा पुनर्गठित मन्त्रिपरिषदमा सदस्य बनेका थिए।
संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।