राष्ट्रपति भण्डारीले आज मेलम्ची पानी वितरणको औपचारिक उद्घाटन गर्दै

राष्ट्रपति भण्डारीले आज मेलम्ची पानी वितरणको औपचारिक उद्घाटन गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गर्दैछन्। काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर शुक्रबार दिउँसो २ बजे पानी खसालेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

आयोजना कार्यन्वयन निर्देशनालयका अनुसार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्। मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि आज मात्र औपचारिक उद्घाटन गर्न लागिएको हो। निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले जानकारी दिए।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी वितरण गरिँदै छ। अनामनगरको ८०० घरमा भने २४सै घण्टा पानी वितरण भइरहेको छ। आज बिहानदेखि बालाजु‚ सोह्रखुट्टे लगायतका स्थानमा पनि पानी वितरण थालिएको छ।