संसद्को अधिवेशन छोट्याउने तयारीमा रहेका प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

संसद्को अधिवेशन छोट्याउने तयारीमा रहेका प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। जारी संसद् अधिवेशनको विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो। ओली संसद्को जारी अधिवेशन छोट्याउने तयारीमा रहेको चर्चाबीच प्रभानमन्त्री र सभामुखबीचको भेटलाई अर्थपूर्ण मानिएको छ । 

आइतबार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। 

ओली र सापकोटाबीच सम्बन्ध खटपट भइरहेको छ। ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा चलेको आरोप लगाउँदै आएका छन्। 

सभामुखले प्रधानमन्त्री ओलीलाई गतसाता राष्ट्रपति बंगलादेश भ्रमणको बिदाई कार्यक्रममा छलफलमा सहभागी हुन समयमा मागेको बताएका थिए।