संसद बैठक आज बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

संसद बैठक आज बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची पनि तय भएको छ ।

यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली काँग्रेसले नाराबाजी गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि तोकिएको थियो ।

आजको बैठकमा तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकारले बिजनेश नदिइएर संसदलाई प्रभावकारी बनाउन नचाहेको टिप्पणी गरेको छ ।