राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उनले जानकारी दिए ।

सरकार अल्पमतमा परेको र दलहरु नयाँ सरकार गठनमा जुटिरहेकै बेलमा राष्ट्रपतिले सर्वदलिय बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।