राजनीतिक संकट गहिरिरहेका बेला राष्ट्रपतिलाई भेटे प्रधानमन्त्री ओलीले

राजनीतिक संकट गहिरिरहेका बेला राष्ट्रपतिलाई भेटे प्रधानमन्त्री ओलीले

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । राजनीतिक संकट गहिरिरहेका बेला र भण्डारी र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भण्डारी र ओलीबीच करिब डेढ घण्टा भेटवार्ता भएको बताइएको छ । भेटका क्रममा ओलीले सरकार जोगाउन भएका प्रयासहरुका बारे जानकारी दिएको स्रोतले बतायो । 

ओली साँझ ७ बजेतिर राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए भने त्यहाँ साढे ८ बजेमात्रै बाहिरिएका थिए ।