बैकिङ क्षेत्रमा बन्द हडताल जस्ता गतिबिधी नगर्न अन्तरिम आदेश

बैकिङ क्षेत्रमा बन्द हडताल जस्ता गतिबिधी नगर्न अन्तरिम आदेश

काठमाडौं : उच्च अदालत पाटनले बैकिङ क्षेत्र अत्यावश्यक भएको भन्दै कार्यलयहरुमा बन्द हडताल जस्ता गतिविधि नगर्न न्यायधिश टेकनारायण कुवरको एकल इजालासले अन्तरिम आदेश जारी गरेको छ।

यस्तो छ आदेशमा , “बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नू नगराउनू तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नू , नगराउनू ।”

सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा विसं २०७६ असोज २७ गते प्रकाशित राजपत्रानुसार यस्तो अतिआवश्यक सेवामा संलग्न कर्मचारीलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ विपरित भएको आदेशमा रहेको छ ।

अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी सङ्गठन नाडेप लघुवित्तीय संस्थाका विरुद्धमा उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।