प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै चैत्र ३ गतेसम्मको लागि स्थगित

प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै चैत्र ३ गतेसम्मको लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको भर्खरै शुरु भएको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।

बैठक शुरुहुनासाथ सभामुख अग्नीप्रसाद सापकोटाले विभिन्न समयमा निधन भएका भूतपूर्व सभासद तथा वहालवाला सांसदहरुको निधनप्रति श्रदाञ्जली अर्पण गरेका थिए ।

बैठकले शोक प्रस्ताव पारित गरेको छ । साथै अर्को बैठक आगामी चैत्र ३ गते बस्ने कार्यक्रम छ । बैठकमा सहभागी हुन संसद भवन पुगेका प्रधामन्त्री केपी ओली बैठक सुरू नहुँदै बाहिरिएका थिए ।