नेप्से झिनो अंकले घट्यो,कारोबार रकमले दियो साथ

नेप्से झिनो अंकले घट्यो,कारोबार रकमले दियो साथ

काठमाडौं : साताको अन्तिम दिन नेप्से इन्डेक्स ०.४७ अन्कले घटेर ११६७.५६ बिन्दुमा रोकिएको छ।कारोबारको सुरुवातीमा बढेको नेप्से अन्तिम समयमा घटेर बन्द हुन पुग्यो।

बिहिबार १७५ ओटा कम्पनिको सेयर कारोबार हुदा कारोबार रकममा हिजोको भन्दा बृद्दी भएको छ।जसमा ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रुपैया बराबरको सेयर खरिद बिक्री भएको छ।कारोबार रकमले साथ दिदा सबै भन्दा धेरै कमाउनेमा बोनस पछि सतप्रतिशत हकप्रद घोषणा गरेको नेपाल सेवा लघुबित्तको लगानीकर्ताले ९ प्रतिशतको हाराहारिमा कमाए भने साल्ट ट्रेडिङ कर्पोरेसनको लगानिकर्ताले पनि ९ प्रतिशतकै हारारिमा कमाएका छन।

बिहिबार सबै भन्दा धेरै गुमाउनेमा पाचथर पावर कम्पनिको लगानिकर्ताले ८ प्रतिशतको हाराहारिमा गुमाएका छन । आज सवै भन्दा धेरै कारोबार गर्नेमा नेपाल बैक लिमिटेड अग्र स्थानमा रह्यो।जसमा १३ करोड भन्दा बढिको सेयर कारोबार भएको छ।

दोस्रोमा एन आइ सि. डिबिन्चरको सेयर म्याचिङ गर्दा कारोबार रकमले साथ पाएको जानाकारहरु बताउछन।अर्थमन्त्री फेरिने बिषयमा तत्कालै कुनै खबर नआएको र रामकुमारी झाक्री उपसमुहले हिजो गरेको कार्यक्रमले पनि त्यस्तो खास्सै बजारको लागि चाख लाग्नेगरि एजेण्डा नउठाउदा लगानिकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेकोले बजार सुस्ताएको जस्तो भएको लगानिकर्ताहरु बताउछन।